Monday 12th January 2026

‘चिं मुसी चि’ टिम चलचित्रको प्रचारको लागि देश दाैडाहामा


तितोपाटी – चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘चि मुसी ची’को यूनिटले पूर्वको विर्तामोड र धरानमा भव्य कन्सर्टको आयोजना गरेको छ ।

कन्सर्टमा सयौ दर्शकको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, अलिसा शर्मा र सुशान्त कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, गायिका सुजाता पाण्डेले पनि दर्शकलाई नचाइन् ।

चलचित्रको कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो कार्यक्रम पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिएका थिए । विर्तामोड र धरानपछि हरिवन, हेटौडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरमा पनि कन्सर्ट हुनेछ ।

यो चलचित्र साउन ११ गतेबाट रिलिज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...