Sunday 1st November 2026

टिप्परको ठक्करबाट राजधानीको जडीबुटीमा बाइक चालकको मृत्यु


तितोपाटी – राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन्। मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका सुवेदी र मोटरसाइकल चालक अमन ढुंगेल भुइँमा बजारिएका थिए। तत्कालै प्रहरीले सुवेदीलाई शिक्षण अस्पताल पुर्‍याए पनि उनको मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले दिए।

एसपी मैनालीका अनुसार घाइते ढुंगेलको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालक धादिङका हरिशरण राईलाई नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...