Saturday 20th April 2024

श्रीमानलार्इ अर्की श्रीमती ल्याउन सहज होस भनि श्रीमतीद्वारा झुण्डिएर अात्महत्या


तितोपाटी – श्रीमानले अर्को बिहे नगरेको उल्लेख गरिएको सुसाइड नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छन् ।

पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमान्लाई अर्को विहे गरेर छोरा जन्माउनका लागि सहज होस् भनेर आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार मल्लले श्रीमान डिलबहादुरलाई छोरा जन्माउन अर्को विवाह गर्न दवाव दिँदै आएका थिए ।

उनले आफ्नो छोरीलाई समेत पिर, दुःख नमान्नु भन्दै सचेत गराएकी छन् । पर्वतका एसपी दीपक रेग्मीका अनुसार थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...