Thursday 2nd July 2026

हजुरअामाले जिउँदै जलाइएकी युवतीको १२ दिन पछि मृत्यु


तितोपाटी – बुटवलमा गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो ।

असार ९ गते राति ३ बजेतिर उनीमाथि आगो लागेको थियो । अनुहारभन्दा तल कम्मरभन्दा माथि जलिरहेको समयमा चिच्याउँदै धारामा पानी खन्याउन पुगेकी उनी सख्त घाइते भएकी थिइन् । उनको स्तनसहित पेट, छाती र पाखुरा जलेका थिए ।

अर्धचेत अवस्थामा रहेकी उनलाई छिमेकीको सहयोगमा लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको थियो । अस्पतलले उपचार गर्न नसकिने भन्दै पाल्पा मिसनमा रिफर गर्यो । मिसनले दुई दिनपछि काठमाडौं रिफर गरेएकी समीक्षाको कीर्तिपुर अस्पतालमा २० गते मृत्यु भएको थियो ।

परिवारका अन्य सदस्यले कोठामा आगो लागेर उनी जलेको बताउँदै आएका छन् । तर घाइते समीक्षाले सानीआमासँग हजुरआमाले मट्टितेल खन्याएको बताइएको दाबी गरिएको छ । घटनाको प्रकृतिले समेत आगो लगाइएको संकेत गरेको प्रहरीको भनाइ छ ।

समीक्षाका बाबुले सौतनी आमा भित्र्याएपछि उनी मावलीघर बस्दै आएकी थिइन् । झण्डै १५ वर्षपछि गत तिहारदेखि घर बस्न थालेकी उनीमाथि सौतेनी आमा, हजुरआमा र हजुरबुवाले यातना दिँदै आएका छिमेकीले बताएका छन् । उनका बुवा ड्राइभर हुन् ।

घटनाको दिन समीक्षाले इराकमा रहेकी आमा मीनासँग आफूलाई मार्ने तयारी गरेको भन्दै सुनाएको बताइएको छ । ‘मलाई फोन गरेर मार्न खोजेका छन् भनेकी थिई, मैले रातिको समयमा कता जा भन्नू, आमा मीनाले भनिन् । उनी घटनापछि नेपाल फर्किएकी छन् ।

समीक्षाले आफ्नी आमामाथि अन्याय भएको भन्दै आवाज उठाउँदै आएकी थिइन् । यो कुरा परिवारका अन्य सदस्यलाई चित्त बुझेको थिएन । कक्षा १० पढ्दै गरेकी समीक्षाले नागरिकता बनाइदिन आग्रह गरेपछि उनीहरूको आक्रोश बढेको थियो । त्यही रिसमा ‘हत्या’का लागि मट्टितेल छर्किएर जलाउने प्रयास भएको आमा मीनाले आरोप लगाइन् ।

घटनाको किटानीपछि इलाका प्रहरी कार्यालय सालझण्डी र बुटवलले अनुसन्धान थालेका छन् । मृत्यु नहुँदासम्म यो घटना सार्वजनिक गरिएको थिएन । प्रहरीले सामान्य आगलागीको मुचुल्का उठाएर बसेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गरिएको बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...