Sunday 1st November 2026

रामेछापमा खानेपानीको अभावमा बस्ति नै विस्थापित


तितोपाटी – रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मा खानेपानीको समस्या भएपछि वस्ति नै विस्थापित भएको छ। मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ छोडेर स्थानीय भटौली खोला किनारमा बसाइँ सरेका छन्।

पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरीमध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् भने गाउँमा बस्दै आएकाहरू पनि बसाइँसराइँको तयारीमा छन्।

खानेपानी समस्याकै कारण गाउँ छोडेर आफूहरू खोला किनारमा झर्न बाध्य भएको र खोला किनारको बसाइँ पनि सुरक्षित नभएको स्थानीय शिवबहादुर कार्कीले बताए। कार्कीले भने–‘खोनेपानीको समस्याको कारण बाध्य भएर हामी खोला किनारमा झरेका हौँ, खेतीपाती गाउँमै छ। खोलाको किनार भएकाले यहाँ पनि खोलाले बगाउँला भन्ने डर छ, गाउँमा जाँदा पानी खान नपाएर मरिने अवस्था छ।’

खोला किनार पनि सर्वजनिक जग्गा भएकाले नगरपालिकाले हटाए भने कहाँ जाने भन्नेमा समेत आफूहरू चिन्तित रहेको छत्रबहादुर मग्रातीले बताए। खानेपानीको समस्या रहेको बस्तीको लागि बृहत खानेपानी योजनामार्फत पानी पुर्‍याउने योजना भए पनि तत्कालै खानेपानीको ब्यवस्था गर्न सकिने अवस्था नरहेको वडा अध्यक्ष सुदर्शन प्रसाइले बताए। बृहत खानेपानी योजनाबाट खानेपानीको व्यवस्था नभएसम्मका लागि खानेपानी ब्यवस्थाको लागि सहयोग गर्ने कुनै संघसंस्था आएमा वडाको तर्फबाट पनि सहयोग गर्ने वडा अध्यक्ष प्रसाइको भनाई छ।

२०७२ सालको भूकम्पपछि पानीको स्थानीय मुहानहरू सुकेपछि त्यहाँका स्थानीय बसाइँ सर्न बाध्य भएका हुन्। भूकम्पको कारण सुकेको मुहानहरूमा अहिलेसम्म पानीको मूल नफुटेको स्थानीय कालु सार्कीले बताए। पानीको समस्याको कारण त्यस क्षेत्रमा पुनःनिर्माणको कामसमेत प्रभावित भएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...