Sunday 1st November 2026

काभ्रेमा सवारी दुर्घटना, टिप्परमा अागजनी


तितोपाटी – काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बा ३ ख ७०९१ नम्बरको ट्रिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई ठक्कार दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक ९ का पुष्पराज हुमागाइँ र उनकी श्रीमती लक्ष्मी हुमागाइँ घाइते भएका छन् ।

दुबैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ तर, चिकित्सकले काठमाडौं रिफर गरेका छन् ।

दुर्घटनापछि आक्रोसित समूहले ट्रिपरमा आगो लगाउँदा मोटरसाइकल पनि जलेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...