Sunday 1st November 2026

कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


तितोपाटी – कैलालीको लम्किचुहा नगरपालिका २ प्रतापपुरमा बुधबार राति ९ बजे श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमतीले रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए ।

विहीबार विहान वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेेको थियो । घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले मृतकका छोराछोरीसंग बुझ्दा गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए ।

लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...