Saturday 11th April 2026

सर्वोच्च अदालतद्वारा दोहोरो नागरिकता दिन नमिल्ने अादेश


तितोपाटी – सर्वोच्च अदालतले गैरआवासीय नेपालीलाई सम्बन्धित देशको नागरिकता त्याग नगरेको अवस्थामा नेपाली नागरिकता दिन नमिल्ने आदेश गरेको छ । नागरिकता ऐन २०६३ को दफा १० को प्रावधान बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।  दोहोरो नागरिकताको मागलाई सर्वोच्चले अस्वीकार गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपकुमार कार्की र केदारप्रसाद चालिसेको पूर्ण इजलासले निवेदकको मागदाबी अनुसार रिट जारी नपर्ने भन्दै रिट खारेज गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले रिट निवेदन खारेज भएको बताउनुभयो । कालाखेतीले भन्नुभयो, ‘निवेदकको मागदाबी अनुसार आदेश जारी गर्नु नपर्ने ठहर भएको छ । आधार र कारण पूर्णपाठमा सार्वजनिक हुनेछ ।’

रिट खारेजसँगै सम्बन्धित देशको नागरिकता त्याग नगरेको अवस्थामा नागरिकता पाउने विकल्प बन्द भएको छ । गैरआवसीय नेपालीका रुपमा बेलायतमा बसोबास गर्दै आउनुभएका गोविन्द बेल्वासेसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निवेदक बेल्वासेले नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताविहीन नबनाउने विषय उल्लेख गरे पनि नागरिता ऐनको विषय बाधक बनेको भन्दै रिट जारी हुनुपर्ने माग गरेका थिए । ऐनको दफा १० ले नेपालको कुनै नागरिकले आपूmखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । सो व्यवस्था संविधानको मौलिक हकसँग बाझिएकाले बदर हुनुपर्ने निवेदकको मागदाबी थियो ।

नागरिकता ऐनको दफा १० अनुसार कुनै नागरिकले एकैपटक नागरिकता प्राप्त गर्ने अवस्था बनेमा पनि बालिग भएको दुई वर्षभित्र एक देशको नागरिकता त्याग गर्नुपर्ने व्यवस्था छ ।

विदेशी नागरिकता त्यागेको अवस्थामा भने नागरिकता त्यागेको निस्सा नेपालका सम्बन्धित अधिकारीलाई दिएपछि पुनः नागरिकता प्राप्त हुने अवस्था छ । तर, अन्य देशको नागरिकता बहाल रहेको अवस्थामा भने नागरिकता प्राप्त हुँदैन ।

नेपालको संविधानले सार्क बाहेकका देशमा बसोबास गर्ने गैरआवसीय नेपालीका लागि राजनीतिक बाहेकका अधिकार उपयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था गरेको छ । आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था संविधानले गरेको छ । तर, त्यसका लागि सङ्घीय कानुन भने निर्माण भएको छैन ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...