Friday 27th March 2026

गोरु काट्दै गरेका चार पक्राउ


बाँके प्रहरीले गोरु काट्दै गरेका चारजनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज–१६, जयसपुरमा घरभित्र गोरु काट्दै गरेको अवस्थामा चारजना पक्राउ परेका हुन् । सीमा प्रहरी कार्यालय, जयसपुरका इन्चार्ज अभय रावतको नेतृत्वमा गएको टोलीले राति साढे एक बजे मो. इलियास जोलाहाको घरमा गोरु काट्दै गरेको फेला पारेको थियो ।

प्रहरीले ‘सेन्ट्री’ बसेकी जोलाहाकी श्रीमती गुड्डी, मासु काट्दै गरेका छोरा सद्दाम र भतिजा अकबर अलि र इलियासलाई नियन्त्रणमा लिएको हो । घटनास्थलबाट ठूलो मात्रामा मासु बरामद भएको छ । गोरुको छाला फालिसकिएको थियो । एक परिवारले एउटा सिंगै गोरु काटेर खान सक्छ ? या व्यापारका लागि काटिएको हो ? प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

बाँके प्रहरीका सहप्रवक्ता रणबहादुर विष्टले गोरुको मासुसहित पक्राउ परेका चार जनालाई गौवध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको बताए


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...