Sunday 4th October 2026

हरिवन खोलाले बगाउँदा बृद्ध बेपत्ता : बाढीको खतरा बढेकोले सतर्क रहन प्रजिअ पोखरेलको अपिल


गुलाम नबि मंसुर  – आइतबार देखि सर्लाहीमा परेको अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउदा सर्लाहीमा एक बृद्द बेपत्ता भएका छ्न् ।

अबिरल वर्षा का कारण जिल्ला को हरिवन खोलामा आएको बाढीले हरिवन- ९ बिष्णुपुर का ७१बर्षिय बृद्द लाई बगाएर बेपता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार पानी परिराखेको अबस्थामा एक्कासी घरबाट निस्केका बिक लाई खोलाले बगाएको स्थानियबासीले बताएका छ्न् ।
खोलाले आफ्नो बुवालाई बगाएर बेपत्ता पारेको भन्दै ईलाका प्रहरी कार्यालयमा बिकका छोरा भिमले निबेदन दिएको र निबेदन अनुसार अहिले बृद्द बिकको खोजीको लागि प्रहरी परिचालन गरि सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पोषराजले बताए ।

हिजो देखि परेको अबिरल वर्षाका कारण जिल्लाका लखन्देही, बागमती ,फुलजोर ,हरिवन खोलामा पानीको बहाब बढेको छ भने जिल्लाको अधिकांस दक्षिणी क्षेत्र डुवानमा परेका छ्न् ।

पानी ले जमिन जलमग्न हुदा आबतजावत गर्नमा समेत समस्या भएको किसनपुरका राकेश गुप्ताले बताए ।

यसैवीच जिल्ला दैवी प्रकोप विपत् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले वर्षा शुरु भए संगै खोलामा पानीको बहाब बढ्ने र बाढी को खतरा समेत बढ्ने हुदाँ नदि तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छ्न्।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...