Sunday 1st November 2026

हरिवन खोलाले बगाउँदा बृद्ध बेपत्ता : बाढीको खतरा बढेकोले सतर्क रहन प्रजिअ पोखरेलको अपिल


गुलाम नबि मंसुर  – आइतबार देखि सर्लाहीमा परेको अविरल वर्षा संगै खोलामा आएको बाढीले बगाउदा सर्लाहीमा एक बृद्द बेपत्ता भएका छ्न् ।

अबिरल वर्षा का कारण जिल्ला को हरिवन खोलामा आएको बाढीले हरिवन- ९ बिष्णुपुर का ७१बर्षिय बृद्द लाई बगाएर बेपता बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार पानी परिराखेको अबस्थामा एक्कासी घरबाट निस्केका बिक लाई खोलाले बगाएको स्थानियबासीले बताएका छ्न् ।
खोलाले आफ्नो बुवालाई बगाएर बेपत्ता पारेको भन्दै ईलाका प्रहरी कार्यालयमा बिकका छोरा भिमले निबेदन दिएको र निबेदन अनुसार अहिले बृद्द बिकको खोजीको लागि प्रहरी परिचालन गरि सकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पोषराजले बताए ।

हिजो देखि परेको अबिरल वर्षाका कारण जिल्लाका लखन्देही, बागमती ,फुलजोर ,हरिवन खोलामा पानीको बहाब बढेको छ भने जिल्लाको अधिकांस दक्षिणी क्षेत्र डुवानमा परेका छ्न् ।

पानी ले जमिन जलमग्न हुदा आबतजावत गर्नमा समेत समस्या भएको किसनपुरका राकेश गुप्ताले बताए ।

यसैवीच जिल्ला दैवी प्रकोप विपत् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले वर्षा शुरु भए संगै खोलामा पानीको बहाब बढ्ने र बाढी को खतरा समेत बढ्ने हुदाँ नदि तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छ्न्।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...