Sunday 1st November 2026

डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु, एक घाइते


तितोपाटी – डोटीमा विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिँडेको बताए । उनले पाँच जनालाई करेण्ट लागेको खबर आएको वताउँदै भने ‘त्यसमध्ये तीन जनाको मृत्यु भइसकेको खवर छ तर पुष्टी भइसकेको छैन ।’

उनले प्रहरी घटनास्थल पुग्न करीव डेढ घण्टा लाग्ने जानकारी दिए । घटनाको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...