Friday 27th March 2026

डोटीमा करेन्ट लागेर ४ जनाको मृत्यु, एक घाइते


तितोपाटी – डोटीमा विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जयन्द्र खड्का, बिरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन् । करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिँडेको बताए । उनले पाँच जनालाई करेण्ट लागेको खबर आएको वताउँदै भने ‘त्यसमध्ये तीन जनाको मृत्यु भइसकेको खवर छ तर पुष्टी भइसकेको छैन ।’

उनले प्रहरी घटनास्थल पुग्न करीव डेढ घण्टा लाग्ने जानकारी दिए । घटनाको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...