Sunday 4th October 2026

अोखलढुंगामा जीप दुर्घटना हुँदा २ को मृत्यु ३ सख्त घाइते


तितोपाटी – ओखलढुंगामा भएको जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिप भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीका अनुसार जीप सडकवाट करीब ३ सय मिटर तल खसेको छ । मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा परि घाईते भएकालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ ।

जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क विहिन रहेको बताईएको छ । जीप रोकेर बाँकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...