Sunday 4th October 2026

धरानमा पुरानो रीप फेर्न छुरा प्रहार गरी १ जनाको हत्या गर्ने ६ युवा पक्राउ


तितोपाटी –

सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् ।

घटनामा धरान-१३ बस्ने सुवर्ण राई घाइते छन् । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पेटमा छुरा प्रहार भएपछि आन्द्रा भुँडी निस्किएको अवस्थामा अमितकुमारलाई स्थानीय बासिन्दाले बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याएका थिए । चिन्ताजनक अवस्थामा पुगेको उनको उपचारको क्रममा गएराति मृत्यु भएको बीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रहरी पोष्टले जानकारी दिएको छ ।
राईको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार बिहान ६ जना युवालाई पक्राउ गरेर कर्तव्य जान मुद्धा लगाउने तयारी गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ बस्ने सन्तोष लिम्बु, पुस्कर राई, आशिष माझी, सन्तोष राई, कोक्सिन राई र कुलबहादुर सुनुवार रहेका छन् । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीले पक्राउ परेका मध्ये पुस्कर राई लागुपदार्थको डिलर भएको बताएको छ ।
प्रहरीका अनुसार मृतक अमितकुमार र पक्राउ परेका मध्ये सन्तोष लिम्बुसँग एकमहिना अघि सामान्य विषयमा विवाद भएको थियो । सोही विवादको बहानामा फुश्रेमा भेट भएको अवस्थामा अमितको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रनाउ पौडेलले बताए । मृतक राईको शव पोष्टमार्टमकालागि प्रतिष्ठानको मर्चरीहाउसमा राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...