Monday 5th October 2026

बलिवुडमा वायोपिकको लहर, सन्नी लियोनको पनि बायोपिक अाउने


तितोपाटी – बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोन पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

सन्नी लियोनको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो ।

उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छन्, ‘चाँडै नै मेरो जिन्दगी एउटा खुल्ला किताबजस्तो हुनेछ ।’ फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छन् । फिल्मको पोष्ट हेर्दा यसमा सन्नी लियोनको जीवनमा दुई भाग समावेश हुनेछन् । पहिलो भागमा पोर्न उद्योगमा आयनसअपघ सन्नीको जीवन त्रित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आइसकेपछिको उतार चढाव ।

सन्नी केही वर्ष अघि भारतीय टेलिभिजनबाट प्रशारण हुने बिग बोशमा सहभागी भएपछि चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई बलिउड फिल्म ‘जिस्म २’ मा प्रस्ताव आयो । अनि, उनले पछाडि फर्केर हेर्नुपरेन । बलिउडमा सक्रिय भएपछि उनले पोर्न फिल्म खेल्न छाडेकी छन् । तर, उनलाई आफ्नो विगतमा कुनै पछुतो छैन ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...