Friday 26th April 2024

बलिवुडमा वायोपिकको लहर, सन्नी लियोनको पनि बायोपिक अाउने


तितोपाटी – बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोन पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

सन्नी लियोनको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोन’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो ।

उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छन्, ‘चाँडै नै मेरो जिन्दगी एउटा खुल्ला किताबजस्तो हुनेछ ।’ फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छन् । फिल्मको पोष्ट हेर्दा यसमा सन्नी लियोनको जीवनमा दुई भाग समावेश हुनेछन् । पहिलो भागमा पोर्न उद्योगमा आयनसअपघ सन्नीको जीवन त्रित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आइसकेपछिको उतार चढाव ।

सन्नी केही वर्ष अघि भारतीय टेलिभिजनबाट प्रशारण हुने बिग बोशमा सहभागी भएपछि चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई बलिउड फिल्म ‘जिस्म २’ मा प्रस्ताव आयो । अनि, उनले पछाडि फर्केर हेर्नुपरेन । बलिउडमा सक्रिय भएपछि उनले पोर्न फिल्म खेल्न छाडेकी छन् । तर, उनलाई आफ्नो विगतमा कुनै पछुतो छैन ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...