Monday 16th March 2026

अमेरिकामा कन्दरा ब्याण्डको कन्सर्टले दर्शक ततायो


तितोपाटी – पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि अमेरिकाको टेक्सस, क्यालिफोर्निया राज्यमासमेत कन्दराको सांगीतिक कार्यक्रम हुने छ भने अन्य राज्यहरुमा समेत कुरा चलि रहेको आयोजकले बताएका छन् ।

डिसी महानगर क्षेत्रमा गत जुन २९ तारिख देखि जुलाई १ सम्म भै रहेको तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को उद्घाटन अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की (विद्यावारिधि) ले गरेका थिए ।

कन्दरा ब्याण्डले नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन)को आग्रहलाई स्वीकार गरि सहभागिता जनाएको हो । कन्दरा ब्याण्डको यो पूर्ण रुपमा सांगीतिक कार्यक्रम नभइ सम्मेलनमा हुने बिबिध कार्यक्रम मध्ये साँस्कृतिक कार्यक्रममा सहभागिता जनाएको छ।

गत जुन ३० तारिखका दिन सम्पन्न सांस्कृतिक सांझ कार्यक्रममा न्यु योर्कबाट आएका संजोक योञ्जनले आफ्नो गीत बाट कार्यक्रम सुरु गरे पछि प्याराडाइज तथा मोक्ष मन्त्र संगीत मण्डलीले आफ्ना केही गीतहरु प्रस्तुति गरेका थिए ।

कन्दराले आफ्ना गीतहरु प्रस्तुत गर्नुको साथै नृत्य गर्ने शैलीका भन सोल्टी बारम्बार ..’, ‘साचो प्रिती लाएकै थिए…’, ‘एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको …..’, र ‘रेशम फिरिरी’ गीत गाएर मौलिक गायकहरुलाई समर्पित गरेका थिए ।

यसै गरी ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ आदि गीतहरु प्रस्तुत गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...