Sunday 1st November 2026

बाढीले वीरगञ्जका घर-घरमा पानी पस्यो


तितोपाटी – अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।

नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भए पनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले भने समथर भू-भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए ।

‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वभाविक रुपमा केही समय पानी त जम्छ नै’ उनले भने, ‘तर बिहानैदेखि सरसफाइ कर्मचारीहरुले फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...