Thursday 26th March 2026

बाढीले वीरगञ्जका घर-घरमा पानी पस्यो


तितोपाटी – अविरल वर्षाका कारण वीरगञ्ज जलमग्न भएको छ । वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा गायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वीरगञ्जको मुख्य बजारको रुपमा रहेको आदर्शनगर क्षेत्र, नारायणी अस्पताल आसपासका क्षेत्रमा पानी जमेको छ । वषर्ाको पानी नालाबाट निकास नहुँदा कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ ।

नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भए पनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले भने समथर भू-भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए ।

‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वभाविक रुपमा केही समय पानी त जम्छ नै’ उनले भने, ‘तर बिहानैदेखि सरसफाइ कर्मचारीहरुले फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपकरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...