Sunday 1st November 2026

निकास नहुँदा नवलपरासीका बस्ती जलाम्य


अविरल वर्षाका कारण पश्चिम नवलपरासीका बिभिन्न भाग डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको छ ।
पानीको निकास नहुँदा बस्तीहरु डुबानमा परेका हुन। स्थानीय खोला र नारायणी नदीको सतह समान्य भएपनि डुबानका कारण अन्नपात र पशुचौपाया बगेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाटको लण्डन ब्रिज क्षेत्रमा सडक जलाम्य भएपछि साना सवारी सञ्चालनमा समस्या परेको छ। ठूला खोलाहरुमा बाढीका नभएर पानीको निकास नहुँदा बस्तीमा समान्य डुबान भएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए।

‘अहिले अवस्था सामान्य छ, थप क्षति न्युनीकरणका लागि सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन समिति तयारी अवस्थामा छ,’ उनले भने।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...