Thursday 26th March 2026

निकास नहुँदा नवलपरासीका बस्ती जलाम्य


अविरल वर्षाका कारण पश्चिम नवलपरासीका बिभिन्न भाग डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको छ ।
पानीको निकास नहुँदा बस्तीहरु डुबानमा परेका हुन। स्थानीय खोला र नारायणी नदीको सतह समान्य भएपनि डुबानका कारण अन्नपात र पशुचौपाया बगेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाटको लण्डन ब्रिज क्षेत्रमा सडक जलाम्य भएपछि साना सवारी सञ्चालनमा समस्या परेको छ। ठूला खोलाहरुमा बाढीका नभएर पानीको निकास नहुँदा बस्तीमा समान्य डुबान भएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए।

‘अहिले अवस्था सामान्य छ, थप क्षति न्युनीकरणका लागि सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन समिति तयारी अवस्थामा छ,’ उनले भने।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...