Thursday 22nd January 2026

स्वीस बैंकमा नेपालीको ३५ अर्व रूपैयाँ


तितोपाटी – गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

(एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ) जसअनुसार स्वीस नेसनल बैंकमा रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

बैंकमा संसारका झण्डै दुईशय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो । बेलायत, अमेरिका, वेष्ट ईण्डिज , फ्रान्स र जर्मनी माथिल्लो पाँचमा पर्दछन् ।

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...