Sunday 15th March 2026

सन्ध्या जोशीको ‘मेरो सारा खुशी तिम्रो भागमा परोस’


तितोपाटी – नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ ।

कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा गायिका जोशी स्वयम्ले अभियन गरेकी छिन् । एकल अभिनयमा सन्ध्याले दर्शकलाई न्याय गरेको अनुभूति भिडियो हेर्दा हुन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन देवजंग थापाले गरेका हुन् ।

सन्ध्याले अघिल्लो शुक्रबार मात्र नयाँ गीत ‘मिर्मिरे’ सार्वजनिक गरेकी थिइन् । गायिका जोशीले यसअघि दुई गीत सार्वजनिक गरिसकेकी छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...