Thursday 26th March 2026

कालो चिया पिउनुका फाइदाहरू


तितोपाटी – शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्यत गर्छ । मानिसहरुले कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन् तर यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । त्यस्तै कतिपयले कालो चियालाई तौल घटाउने माध्यमको रुपमा लिने भएपनि यसले वास्तवमा तौल भने घटाउँदैन ।

कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्ने एक अनुसन्धानमा पाइएको छ । यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनका अनुसार यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ ।

कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र यसले भिटामीन सी को प्रभावकारीतामा बृद्धि ल्याउँछ । यति मात्रै नभई फ्लेवनायडले मुटुको धमनीको आसपासको तन्तुको पनि रक्षा गर्छ । यसले मुटसँग सम्बन्धीत अन्य रोगहरुलाई पनि कम गर्ने सो अध्ययनले देखाएको छ ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...