Monday 6th May 2024

एकै दिनमा ३४ करोडको व्यापार गर्ने फिल्म ‘सन्जु’ कस्तो छ ?


तितोपाटी – बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो ।

यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो भने ३ दिनमा सय करोडको विजनेस गरेको थियो । सञ्जुले पनि ३ दिनमा सय करोड घटाउने आशा गरिएको छ ।

रणवीरको कुनै पनि फिल्मले यसअघि पहिलो दिन ३० करोडमाथिको व्यापार गरेका थिएनन् । यो फिल्म सफल भएमा सबैभन्दा बढि फाइदा उनैलाई हुनेछ ।

कस्तो छ फिल्म ?

यदि तपाईंले राजकुमार हिरानीको अघिल्लो फिल्महरु हेर्नुभएको भए सञ्जुबाट ठूलो आशा राख्नुभएको होला । हिरानी बलिउडकै प्रतिभाशाली निर्देशकभित्र पर्छन् । तर, सञ्जुमा भने उनले आफ्नो क्षमताअनुसार काम देखाउन सकेका छैनन् ।

यो फिल्मको कथाले सञ्जय दत्तको जीवनका सबै आयामहरुलाई समेटेको छैन । विशेषत उनको फिल्मी करिअरका उतारचढाव र विवादित लभ अफेयरहरु लुकाइएको छ । खाली उनको लागू औषध दुव्र्यसन र बाबुछोराको सम्वन्धलाई बढि फोकस गरिएको छ । सञ्जय दत्तका सकारात्मकभन्दा नकारात्मक कुराहरु नै फिल्ममा बढि देखिन्छन् ।

फिल्ममा सञ्जय दत्तको दुरुस्त नक्कल उतार्न खोजेका छन् रणवीर कपुरले । उनको आफ्नो मौलिकता भने केही पनि भेटिन्न । उनको बाबु सुनिल दत्तको भूमिकामा रहेका परेश रावल औसत छन् । आमा नर्गिस बनेकी मनिषा कोइरालाको भूमिका छोटो तर महत्वपूर्ण छ । रणवीर र परेशमाथि नै पूरै फिल्म केन्दि्रत हुनाले अन्य कलाकारहरुले खासै छाप छोड्न सकेका छैनन् । सोनम कपुर र अनुष्का शर्मा पनि सानोतिनो भूमिकामा सीमित छन् ।

समग्रमा भन्दा ‘सञ्जु’ नहेरी नहुने फिल्म होइन । तपाईं सञ्जय दत्तको डाइ हार्ड फ्यान हुनुहुन्छ भने यो फिल्म तपाईंको रुचीको विषय हुन सक्छ । अन्यथा हलसम्म जानु जरुरी छैन ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...