Monday 5th October 2026

एकै दिनमा ३४ करोडको व्यापार गर्ने फिल्म ‘सन्जु’ कस्तो छ ?


तितोपाटी – बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो ।

यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो भने ३ दिनमा सय करोडको विजनेस गरेको थियो । सञ्जुले पनि ३ दिनमा सय करोड घटाउने आशा गरिएको छ ।

रणवीरको कुनै पनि फिल्मले यसअघि पहिलो दिन ३० करोडमाथिको व्यापार गरेका थिएनन् । यो फिल्म सफल भएमा सबैभन्दा बढि फाइदा उनैलाई हुनेछ ।

कस्तो छ फिल्म ?

यदि तपाईंले राजकुमार हिरानीको अघिल्लो फिल्महरु हेर्नुभएको भए सञ्जुबाट ठूलो आशा राख्नुभएको होला । हिरानी बलिउडकै प्रतिभाशाली निर्देशकभित्र पर्छन् । तर, सञ्जुमा भने उनले आफ्नो क्षमताअनुसार काम देखाउन सकेका छैनन् ।

यो फिल्मको कथाले सञ्जय दत्तको जीवनका सबै आयामहरुलाई समेटेको छैन । विशेषत उनको फिल्मी करिअरका उतारचढाव र विवादित लभ अफेयरहरु लुकाइएको छ । खाली उनको लागू औषध दुव्र्यसन र बाबुछोराको सम्वन्धलाई बढि फोकस गरिएको छ । सञ्जय दत्तका सकारात्मकभन्दा नकारात्मक कुराहरु नै फिल्ममा बढि देखिन्छन् ।

फिल्ममा सञ्जय दत्तको दुरुस्त नक्कल उतार्न खोजेका छन् रणवीर कपुरले । उनको आफ्नो मौलिकता भने केही पनि भेटिन्न । उनको बाबु सुनिल दत्तको भूमिकामा रहेका परेश रावल औसत छन् । आमा नर्गिस बनेकी मनिषा कोइरालाको भूमिका छोटो तर महत्वपूर्ण छ । रणवीर र परेशमाथि नै पूरै फिल्म केन्दि्रत हुनाले अन्य कलाकारहरुले खासै छाप छोड्न सकेका छैनन् । सोनम कपुर र अनुष्का शर्मा पनि सानोतिनो भूमिकामा सीमित छन् ।

समग्रमा भन्दा ‘सञ्जु’ नहेरी नहुने फिल्म होइन । तपाईं सञ्जय दत्तको डाइ हार्ड फ्यान हुनुहुन्छ भने यो फिल्म तपाईंको रुचीको विषय हुन सक्छ । अन्यथा हलसम्म जानु जरुरी छैन ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...