Sunday 9th August 2026

बाग्लुङमा अावास क्षेत्रको जमिन धसिए पछि १४ परिवार विस्थापित


तितोपाटी – जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् ।

विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिए ।

जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । ‘घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्,’ वडा अध्यक्ष कँडेलले भने । 

खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन् । लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापित राहत र पुनःस्थापनाको पखाइमा छन् । तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने तयारीमा गाउँपालिका छ ।

‘घर छोडेर हिँड्नुपर्ने अवस्था भयो’– विस्थापित सुमित्रा परियारले भनिन् । सुरक्षित ठाउँमा जग्गा खोजेर पुनःस्थापना गर्नुपर्ने विस्थापितको माग छ । ‘तत्काललाई काठ र जस्तापाताबाट बन्ने अस्थायी संरचनामा व्यवस्थापन गर्छौँ’– वडा अध्यक्ष कँडेलले भने, ‘दीर्घकालीन पुनःवासको लागि समय लाग्छ ।’

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खेरल नेतृत्वको टोलीले शुक्रबार घटनास्थलको निरीक्षणपछि विस्थापित परिवारलाई भेटेरै राहत रकम बाँडेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिएको हो । यस्तै, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा बागलुङको तर्फबाट एक÷एक थान त्रिपाल प्रदान गरिएको छ ।

वडा कार्यालयले पनि खाद्यान्न सहयोयस्वरुप प्रतिपरिवार एक बोरा चामल उपलब्ध गराएको जनाइएको छ । थप राहत र पुनःस्थापनाको लागि सहयोग जुटाउने काम शुरु भएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताए । ‘पुर्नस्थापनाको लागि सबै पक्षसँग मिलेर योजना बनाउँछौँ’ –अध्यक्ष थापाले भने ।

निरन्तर जमिन भासिदै जाँदा तल्लो काउलेमा रहेको वस्ती र मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत जोखिममा पर्ने खतरा छ । गाउँपालिकाले जोखिमयुक्त ठाउँमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ । गत मंगलबारदेखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरोका घटना निम्ताएको छ । पहिरोले जिल्लाको पश्चिम गलकोट र दक्षिण भेगमा बढी क्षति पु¥याएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

प्रतिकृयाहरू
...