Monday 31st August 2026

मेस्सीले जोगाउलान त अर्जेन्टिनाको साख


तितोपाटी – रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ ।

आज मेसीले चमत्कार देखाउन सकेमा अर्जेन्टिनाको आगामी यात्रा अगाडी बढ्ने छ । त्यसकारण पनि मेसीलाई आफू प्रमाणित गर्ने समय आएको छ । मेसीको लागि आजको दिन प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने पनि हो ।

अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाइजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ । तर त्यसका लागि समूहकै अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गर्नुपर्नेछ । आइसल्यान्डको पक्षमा नतिजा आएमा नाइजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ । समूह ‘डी’ मा ६ अंक जोडेको क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

३ अंकका साथ नाइजेरिया दोस्रो स्थानमा छ । समान १ अंक जोडेको आइसल्यान्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । विश्वकपमा सहभागी अन्य टोलीका चर्चित खेलाडीले गोल गर्दै प्रतियोगिामा आफ्नो उपस्थिति देखाइसेका छन् । मेसीले भने रूस विश्वकपमा बललाई जाली चुमाउन सकेका छैनन् ।

उनी पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए ।पहिलो खेलमा आइसल्यान्डसँग बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको थियो ।

दुवै खेलमा सोचेअनुरूप नतिजा ल्याउन नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीलाई मंगलबार चर्को दबाब हुनेछ । २०२२ को कतार विश्वकपसम्म टोली प्रशिक्षणको सम्झौता भए पनि जारी प्रतियोगिताको समूहचरणबाटै घर फर्किए उनको सम्झौता केही दिनमै तोडिने सम्भावना पनि बढेको छ । यता पहिलो खेलमा क्रोएसियासँग पराजित भएको नाइजेरियाले दोस्रो खेलमा आइसल्यान्डलाई २-० ले पराजित गर्दै विश्वकप अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको थियो ।

प्रतियोगिताको पहिलो दुई खेलमा क्रमशः नाइजेरिया र अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको क्रोएसिया मंगलबार समूह ‘डी’ को अर्को खेलमा आइसल्यान्डविरुद्ध पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरी खेलेको आइसल्यान्डले दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना कायम राख्न क्रोएसियाविरुद्ध जितको विकल्प छैन । तर, त्यसका लागि आइसल्यान्डले अर्जेन्टिना र नाइजेरियाबीचको खेलको बराबरीमा रोकिएको कामना गर्नुपर्नेछ । नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरेमा क्रोएसियासँगको जित पनि आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बन्ने छैन । -एजेन्सी


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूले आर्थिक सहयोग घोषणा गरेका छन्। नेकपा एमालेले प्रधानमन्त्री दैवी…

विनाशकारी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कामदारहरूको खोजी तथा उद्धार कार्यलाई नेपाल सरकारले तीव्र बनाएको छ। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका…

प्रतिकृयाहरू
...