Saturday 27th July 2024

मेस्सीले जोगाउलान त अर्जेन्टिनाको साख


तितोपाटी – रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ ।

आज मेसीले चमत्कार देखाउन सकेमा अर्जेन्टिनाको आगामी यात्रा अगाडी बढ्ने छ । त्यसकारण पनि मेसीलाई आफू प्रमाणित गर्ने समय आएको छ । मेसीको लागि आजको दिन प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने पनि हो ।

अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाइजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ । तर त्यसका लागि समूहकै अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गर्नुपर्नेछ । आइसल्यान्डको पक्षमा नतिजा आएमा नाइजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ । समूह ‘डी’ मा ६ अंक जोडेको क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

३ अंकका साथ नाइजेरिया दोस्रो स्थानमा छ । समान १ अंक जोडेको आइसल्यान्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । विश्वकपमा सहभागी अन्य टोलीका चर्चित खेलाडीले गोल गर्दै प्रतियोगिामा आफ्नो उपस्थिति देखाइसेका छन् । मेसीले भने रूस विश्वकपमा बललाई जाली चुमाउन सकेका छैनन् ।

उनी पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए ।पहिलो खेलमा आइसल्यान्डसँग बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको थियो ।

दुवै खेलमा सोचेअनुरूप नतिजा ल्याउन नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीलाई मंगलबार चर्को दबाब हुनेछ । २०२२ को कतार विश्वकपसम्म टोली प्रशिक्षणको सम्झौता भए पनि जारी प्रतियोगिताको समूहचरणबाटै घर फर्किए उनको सम्झौता केही दिनमै तोडिने सम्भावना पनि बढेको छ । यता पहिलो खेलमा क्रोएसियासँग पराजित भएको नाइजेरियाले दोस्रो खेलमा आइसल्यान्डलाई २-० ले पराजित गर्दै विश्वकप अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको थियो ।

प्रतियोगिताको पहिलो दुई खेलमा क्रमशः नाइजेरिया र अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको क्रोएसिया मंगलबार समूह ‘डी’ को अर्को खेलमा आइसल्यान्डविरुद्ध पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरी खेलेको आइसल्यान्डले दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना कायम राख्न क्रोएसियाविरुद्ध जितको विकल्प छैन । तर, त्यसका लागि आइसल्यान्डले अर्जेन्टिना र नाइजेरियाबीचको खेलको बराबरीमा रोकिएको कामना गर्नुपर्नेछ । नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरेमा क्रोएसियासँगको जित पनि आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बन्ने छैन । -एजेन्सी


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...