Monday 5th October 2026

‘तिमी हुन्छाै जहाँ जहाँ’ उपत्यका भित्र र बाहिर एकैसाथ


तितोपाटी – नेपाली कथानक चलचित्र ‘तिमी हुन्छाै जहाँ जहाँ’ गत शुक्रबारबाट उपत्यका र उपत्यका बाहिर एकैसाथ प्रदर्शन भैरहेको छ । अहिलेका पुस्तालाई लक्षित गरेर निर्माण गरिएको ‘तिमी हुन्छौ जहाँ जहाँ’ले दर्शकको मन जित्ने जिकिर निर्माताको छ ।  यस चलचित्रमा मदन दवाडी, डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीको समेत  लगानी छ ।

विकाश बस्यालको निर्देशन रहेको र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । वर्षा शिवाकोटीले यसमा अतिथि भूमिका निर्बाह गरेकी छन् ।

‘तिमी हुन्छौ जहाँ जहाँ’ मा रामशरण उप्रेतीको छायाँकन, कबिराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...