Sunday 28th April 2024

महिलाका याैनेच्छाबारे बोल्नु अपराध हो ?


तितोपाटी – बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको तर्क छ, ‘मानिसहरूले कमसेकम महिलाको यौन इच्छाको बारेमा खुलेर कुरा गर्न त थाले जुन विषय वर्जित जस्तै थियो।’

समाज र सिनेमा दुवैमा यौन इच्छाको बारेमा कुरा गर्ने प्रचलन छैन। स्वराको पछिल्लो फिल्मले भने यो विषयमा सानोतिनो बहस छेडेको छ। स्वराको यो फिल्मलाई कसैले महिला केन्द्रित फिल्म भनेर तारिफ गर्ने गरेका छन् भने कसैले यसलाई पूर्णतः काल्पनिक फिल्म भन्ने गरेका छन् । उनीहरुको आरोप छ, योे फिल्मको समाजसँग कुनै पनि समानता छैन। स्वराले फिल्मको सो दृश्यलाई लिएर आफूलाई निशाना पारिने पहिले नै अनुमान गरेको बताएकी छिन्।

‘मलाई थाहा थियो यो दृश्यमा म ट्रोल हुन्छु। यो दृश्यले धेरैलाई झट्का लाग्ने थियो। हाम्रो समाजमा यौनको बारेमा खुलेर कुरा गर्न लाज लाग्छ। म यस्ता कुरामा उदार सोच राख्छु र राजनीतिक मुद्दामा पनि खुलेर आफ्नो धारणा राख्छु। तर यो फिल्म हस्तमैथुनको दृश्यमा मात्र सीमित छैन, त्यसबाहेक पनि धेरै राम्रा कुरा छन्,’ उनले भनेकी छिन्।

उनले भनेकी छिन्, ‘मलाई खुसी लागेको छ कि वीरे दि वेडिङ बलिउडमा पहिलो यस्तो फिल्म बनेको छ जसले खुलेर महिलाको यौन इच्छाको बारेमा कुरा गर्छ । निजी जीवनमा पनि बिस्तारै मानिसले यौनको विषयमा कुरा गर्न थालेका छन्। नत्र त एसियामा महिलाको यौनिकता, शरीर र यौन इच्छाको कुरा अपराध बराबर मानिन्थ्यो।’

केही समय अघि रिलिज भएको ‘वीरे दि वेडिङ’मा स्वरासँगै करिना कपुर, सोनम कपुर, शिखा तलसनियालगायतको अभिनय रहेको छ । फिल्मले भारतमा राम्रो व्यापार गरेको थियो।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...