Monday 5th October 2026

रणवीर-दीपिका विवाह गर्दै


तितोपाटी – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।

फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको खन्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने छ ।

दुवै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको हो । परिवारका महिला सदस्यहरुले सपिङ पनि सुरु गरिसकेका छन् । केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी थिइन् । बिहेलाई धुमधामले मनाउन कुनै कसर नछाड्ने मुडमा दुवै परिवार छन् ।

दीपिका र रणवीरले केही समयअघि मालदिभ्समा ईंगेजमेन्ट गरेको पनि चर्चा छ । तर, यसको पुष्टि भने भएको छैन । दीपिकाको जन्मदिन मनाउने भनेर उनीहरु माल्दिभ्स गएका थिए ।

केही दिनअघि एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थिइन् । यो जोडी फिल्म ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको थियो । पछिल्लोपटक उनीहरुले फिल्म ‘पद्मावत’ मा सँगै काम गरेका थिए, जुन ब्लकबस्टर भयो ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...