Friday 29th March 2024

मोटरसाइकलमा लिफ्ट दिइ बलात्कार गर्ने पक्राउ


तितोपाटी – सिन्धुपाल्चोकमा नन्दलार्इ बलात्कार गरी भाउजुलार्इ पनि बलात्कार गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । घटना असार १ गते बेलुकी ५ बजेतिर को हो । मोटरसाइकलमा आउने क्रममा जिल्ला पशु कार्यलयका करारका कर्मचारी  ती युवकले  मोटरसाइकलमा सवारमध्ये एक युवतीलाई होटलमा लगेर जर्बजस्ती गरेको डीएसपी कँडेलले बताए ।

एउटा केटाले दुई जना केटीलाई एउटै कोठामा लगेपछि होटलवालाले शंका गरेपछि बाहिर हल्ला भयो । हल्लापछि नेपाल फरार भए ।

सुन्दा र पढ्दा यो घटना होइन, जस्तो र कुनै फिल्ममा ‘भिलेन’ले हिरोइनलाई यस्तो गरेको दृश्यजस्तो लागे पनि यो घटना वास्तविक नै हो ।

मेलम्चीमा आफन्तको होटलमा काम गर्दै आएकी एक युवती असारमा काम गर्न घर आउने क्रममा मोटरसाइकलमा लिफट् दिएका युवकले जर्बजस्ती गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँडेलले जानकारी दिए ।

‘जलविरे इ’ प्रहरीले राखेको  नन्दको काल्पनिक नाम । उनी मेलम्चीमा रहेको आफन्तको होटलमा काम गर्दै आएकी थिइन् । असारमा काम गर्ने मान्छेको अभाव भएपछि नन्दलाई लिन भाउजू मेलम्ची पुगिन् । नन्द ‘जलविरे इ’ र भाउजू ‘जलविरे ए’ एउटा भाडाको गाडीमा पछाडि बसेर नवलपुरसम्म पुगे ।

नवलपुरमा अन्य सवारी साधन नभएपछि दुवैजना हिँडेरै चौतारा आउने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकाको सीमा स्थानीय झ्याडी खोलामा आइपुग्दा एउटा मोटराइकल उनीहरुले देखे । हिँडेर आइरहेका दुवैले मोटरसाइकललाई हात दिए । मोटरसाइकलमा सवार युवकले दुवै जनालाई लिफट् दिए ।

सदरमुकाममा ट्राफिक चेकिङ हुने भएपछि मोटरसाइकल चालक अस्मिर नेपालले स्थानीय शहिद चोकभन्दा केही परै दुईमध्ये भाउजू ‘जलविरे ए’ लाई त्यही ओराले । पछि लिन आउने भन्दै मोटरसाइकलमा नन्द ‘जलविरे इ’ लाई मात्रै राखेर उनी अघि बढे ।

सँगै आएकी भाउजूलाई बाइकबाट ओरालेपछि ती युवकले युवतीलाई लिएर गएको होटलसम्म पुग्न करिब ५ मिनेट मात्रै लाग्छ । थोरै समयको बीच मोटरसाइकल चालक र युवतीबीच धेरै कुराकानी हुन नपाए पनि युवतीलाई होटलमा लगेर युवकले जर्बजस्ती गरेको बताउँदै डीएसपी कँडेलले भने- अस्पतालमा लगेर शारीरिक परीक्षण गर्दा युवती बलात्कृत भएको पुष्टी भएको छ ।’

प्रहरीका अनुसार मोटरसाइकल चालक नेपालले सदरमुकाम चौतारामा रहेको स्थानीय माया होटलमा लगेर सँगै आएकी किशोरीसँग जर्बजस्ती यौन सम्पर्क गरेपछि मोटरसाइकलबाट ओरालेकी भाउजूलाई लिन भन्दै ती युवतीलाई त्यहीँ छाडेर हिँडे ।
युवतीसँग जर्बजस्ती शारीरिक सम्बन्ध राखेपछि ती युवतीकी भाउजूसँग पनि यौन सम्पर्क राख्ने योजनाका साथ बाइकमा राखेर त्यही होटलमा ल्याएको स्थानीय प्रहरीको दाबी छ ।

होटलबाट फरार युवकको हुलिया दिएपछि प्रहरीले सदरमुकाम आसपासबाटै नियन्त्रणमा लिएको छ । अभियुक्त नेपाल जिल्ला पशु सेवा कार्यालयमा करारमा काम गर्दै आएका थिए भने उक्त दिन कुञ्चक क्षेत्रबाट पशुको उपचार गरेर नेपाल चौतारा र्फकेका थिए । र्फकने क्रममा दुईजना महिलाले लिफ्ट मागेपछि उनले सहजै लिफ्ट दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, घटनाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिकृष्ण केसीले भने ।

मोटरसाइकलमा बस्ने बितिक्कै ती युवाले दुवैलाई शारीरिक सम्बन्ध राख्ने योजना बनाएको प्रहरीको भनाइ छ । यात्राको क्रममा आफूहरु टाढा जानुपर्ने र चौतारामा बस्ने ठाउँ नभएको अनि पैसासमेत नभएको ती महिलाले युवकसँग गुनासो राखेको प्रहरी निरीक्षक केसी बताउँछन् ।

उपयुक्त मौकाको खोजीमा रहेका मोटरसाइकल चालकले यात्राका क्रममा आफु सरकारी कर्मचारी भएको र खर्च पनि दिने अनि चौतारामा लगेर होटलमा दुवैजनालाई राखिदिने आश्वासन दिएका थिए ।

यात्राका क्रममा महिलाहरुले युवकसँग दुःखका कुरा सुनाएपछि त्यसैलाई आधार बनाएर ती पशु सेवाका कर्मचारीले यौन शोषणको योजना बनाएको प्रहरी निरीक्षक खत्रीकोे भनाइ छ ।

नन्दसँग शारीरिक सम्बन्ध राखेपछि भाउजूलाई लिन उनी त्यहाँबाट गएको र भाउजूलाई पनि त्यही कोठामा ल्याएका थिए । भाउजू पनि आएपछि त्यहाँ विवाद भएपछि मात्र घटना बाहिर आएको थियो । विवादपछि हल्ला हुँदा युवक फरार भएका थिए ।

प्रहरीले होटल सञ्चालकलाइसमेत नियन्त्रणमा लिए पनि होटलवालाले आफूलाई केही थाहा नभएको बताएपछि आरोपित युवाले छाडेर गएको एउटा दसी प्रमाण’ का आधारमा उसलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

महिलाहरुसँग बाइकमा आउँदा कुराकानीका क्रममा आफु ‘पशुको बन्ध्याकरण’ ‘खसी’ बनाउने कर्मचारी भनेर बताएका थिए । त्यही दसीका आधारमा उसलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बलात्कार हो कि यौन सम्पर्क ?

यसैबीच लिफ्टमा आएकी युवतीलाई जर्बजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्त नेपालले आफुले ती युवतीसँग यौन सम्पर्क राखेको स्वीकारेका छन् ।

जिल्ला अदालतमा म्याद थप्न लैजाने क्रममा पनि नेपालले सम्बन्ध राखेको स्वीकार गरेका हुन् । त्यस्तै प्रहरीसँगको मौखिक बयानका क्रममा पनि आफूले सम्बन्ध राखेको स्वीकारेको डीएसपी विमलराज कणेलले जानकारी दिए ।

मैले तिमीहरुलाई सहयोग गरें, तिमीले चाँही के सहयोग गर्छाै त भनेर अभियुक्त नेपालले ती युवतीसँग प्रस्ताव राखेको प्रहरी स्रोतको दाबी छ । नेपालले यौन सम्पर्कको प्रस्ताव राखेका थिए ।

अभियुक्तको दाबी अनुसार युवतीले पनि स्वीकारेकी थिइन् । ‘सुरुमा सहमतिमा नै सम्बन्ध भएको देखिन्छ, तर पछि भाउजू आएपछि विवाद भएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...