Thursday 28th March 2024

भारतीय नायिकाहरूको अमेरिकामा याैन व्यावसाय


तितोपाटी – भारतीय फिल्मका अभिनेत्रीहरूलाई सहभागी गराएर अमेरिकामा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्थानीय पुलिसले सेक्स र्‍याकेटमा तेलुगु सिनेमासँग जोडिएका महिला र नायिका समावेश छन् । शिकागो यो सेक्स र्‍याकेटको केन्द्र हो ।

फेडरल पुलिसका अनुसार अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका कलाकारलाई बोलाइन्छ र उनीहरूमार्फत वेश्यावृत्ति गराइने गरेको बीबीसीले जनाएको छ ।

होमल्याण्ड सिक्योरिटीका स्पेशल एजेन्ट ब्रायन जिनले भने, ‘३४ वर्षका किशन मोडुगमुडी यो र्‍याकेटका मास्टरमाइन्ड हुन् र उनकी श्रीमती चन्द्रकला मोडुगमुडी उनकी बिजनेस पार्टनर ।’ उनले इलिनोय अदालतमा एक याचिका पनि दायर गरेकी छिन् ।

किशनलाई मानिसहरूले राज चेन्नुपतीको नामले चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जयाको नामले चिनिन्छ । अदालतमा दायर गरेको ४२ पृष्ठको याचिकामा सेक्स र्याकेटमा संलग्न महिलाको पहिचान दिइएको छैन । याचिकामा उनीहरुलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।

अनुसन्धान अधिकारीले सेक्स र्‍याकेटका पीडित युवतीका साथै केही ग्राहकसँग पनि सोधपुछ गरेका छन् । अधिकारीले अदालतलाई दिएको जानकारी अनुसार आरोपीको घरबाट केही डायरी र देहब्यापारको हिसाब–किताब राखिएको किताब पनि भेटियो । डायरी र खातामा नायिकाका साथै उनीहरुका ग्राहकका नाम पनि लेखिएका छन् ।

स्पेशल एजेन्ट ब्रायनका अनुसार सन् २०१७ को नोभेम्बर २० तारिखमा दिल्लीबाट एक युवती शिकागोको ओ’हेयर इन्टरनेशनल एयरपोर्ट पुगेकी थिइन् ।

ती युवतीलाई ‘ए’ नाम दिइएको छ । उनीसँग बीवान–बीटु पर्यटक भिसा थियो जुन दिल्लीमा अमेरिकी दूतावासबाट जारी भएको थियो ।

एयरपोर्टमा ती युवतीले इमिग्रेशनका जुन कागजपत्र सुम्पिइन्, त्यस अनुसार उनलाई सन् २०१७ नोभेम्बर १८ तारिखमा दक्षिण क्यालिफोर्निया तेलुगू असोसिएशनको तर्फबाट सम्मानित गरिनुपर्दथ्यो ।

दोस्रो कागजातले उनी क्यालिफोर्निया तुलुगू असोसिएसनको स्टार नाइटमा समावेश हुनुपर्ने बताएको थियो । उनी यसका लागि १० दिनसम्म अमेरिका बस्ने भनिएको थियो ।

इमिग्रेशन अधिकारीलाई यसका शंका लाग्यो किनभने युवती युवतीले १८ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सरिक हुनुपर्दथ्यो जबकी उनी त्यसको दुई दिनपछि शिकागो एयरपोर्टमा उत्रिएकी थिइन् ।

जब उनलाई यसबारे सोधियो तब उनले आफू नर्थ अमेरिका तेलुगू सोसाइटीको कार्यक्रममा भाग लिन आएको बताइन् । उनले एउटा चिठ्ठी पनि देखाइन् जसमा सन् २०१७ को नोभेम्बर २५ तारिखमा इलिनोयको स्क्यामबर्गमा आयोजना हुन लागेको कन्फरेन्समा उनी पाहुनाको रुपमा उपस्थित हुने लेखिएको थियो ।

इमिग्रेशन अधिकारीले नेवार्क एयरपोर्टमा अर्की महिलासँग सोधपुछ गरे जुन नोभेम्बर २६ सन् २०१७ मा मुम्बईबाट आएकी थिइन् । भिसा कागजातबाट थाहा भो कि उनले विभिन्न सांस्कृतिक कार्यक्रममा समावेश भएकी थिइन् र तीन महिलासम्म अमेरिकामा बस्ने तयारीमा थिइन् । भिसा कागजात अनुसार उनी एक नायिका हुन् र एक इभेन्टमा सम्मानित अतिथी हुन् ।

यी महिलाले अधिकारीलाई दिएको जानकारी अनुसार उनलाई भिसा दिन ‘राजू गारु’ नामका एक व्यक्तिले मद्दत गरेका थिए । यी महिला टेक्ससको इरविंगको नयाँ वर्षको मौकामा हलिउड डान्समा प्रस्तुती दिन चाहन्थिन् ।

नायिकाका अनुसार उनी ‘राजू गारु’को तर्फबाट आयोजित एक सांस्कृतिक कार्यक्रममा भाग लिन पेन्सिलवेनिया पनि आएकी थिइन्, त्यतिबेला उनलाई जबर्जस्ती वेश्यावृत्ति गराइएको थियो । उनले आफू वेश्यावृत्तिमा समावेश नभएको बताइन् ।

उनले ग्राहकसँग केही समय बिताएकी थिइन् र उनीहरुलाई त्यहाँबाट बाहिरिनका लागि बाटो सोधेकी थिइन् । ती ग्राहकले नै उनलाई विभालाई आफ्नो काम भएको जसका कारण उनले फिर्ता हुनका लागि टिकटको बन्दोबस्त गरिदिन आग्रह गर्नका लागि सल्लाह दिए ।

अनुसन्धानको क्रममा यी महिलासँग नयाँ दिल्लीमा पनि सोधपुछ गरियो । तस्बिर हेरेर उनले किशन मोडुगमुडी उर्फ राजुको पहिचान गरिन् । भिसा नपाएपछि राजूले उनलाई फोनमा धम्की दिँदै आफ्नो व्यापारबारे कसैलाई नभन्न आदेश दिए ।

उनको आदेशको पालना नगरे उनको हत्यासमेत गरिदिने धम्की दिए । पीडित युवतीका अनुसार शिकागोमा उनलाई जुन घरमा राखिएको थियो त्यहाँबाट उनलाई एक्लै बाहिर जाने अनुमती थिएन । उनीमाथि नजर राख्न एक व्यक्ति सधैं उनीसँग हुन्थे ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...