Saturday 10th January 2026

विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित


विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ ।

खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो ।

रुसी खेलाडी डेनिस चेरिसेवले इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए ।

खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका छन् । उनले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् ।

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । अलेक्सान्द्र गोलोभिनले दिएको पासमा उनले हेडमार्फत गोल गरेका थिए । ।

त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...