Saturday 3rd October 2026

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ


राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे झैटी देउराली ८ घर भई सीतापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी ३ निवासीे २९ वर्षीय कमल गुरुङ रहेका छन्।

थापा राधे समूहको गुण्डा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनले आफूलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने भनी बताउँदै आएका थिए।

त्यस्तै, गुरुङ देव कुमार थापाको समूहमा रही गुण्डागर्दी गर्दे हिड्ने गरेको खुलेको छ। उनले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर हुँ भनी बताउँदै आएका थिए।

पछिल्लो समय ठमेल र ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने गरेको भन्ने गोप्य सूचना आएपछि परिसरले प्रहरी निरीक्षकको कमाण्डमा विशेष टोली खटाएको थियो।

उक्त टोलीले बुधबार राति शंकास्पद कालो झोला बोकी ठमेल, ज्याठाको गल्लीमा हिडिरहेको अवस्थामा थापा र गुरुङलाई नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा १ थान रिवल्वर र खुकुरी फेला पारेको थियो। हतियार भेटिएपछि हतियारसहित पक्राउ गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...