Monday 13th May 2024

सशस्त्रको गाडी प्रयोग गरि काठ तस्करी गर्ने डिएसपी सहित ४ जना निलम्बित


तितोपाटी – प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।

सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

गत २१ जेठमा अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गरेको अवस्थामा धनकुटाको मूलघाटमा सशस्त्रकै सुरक्षा वेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो ।

घटनाको गम्भिरतालाई ध्यान राख्नु पर्ने भन्दै फेरि डिआईजी सुरजकुमार श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय छानवीन समिति गठन गरिएको थियो ।

प्रारम्भिक छानबिनबाट उनीहरुले कुनै निकायमा पनि जानकारी नगराइ संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएको जनाइएको छ ।

समितिले स्थलगत अध्ययन पछि उनीहरुको दोष देखिन आएको प्रतिवेदन सशस्त्र मुख्यालयमा बुझाएको छ ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित…

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट…

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

प्रतिकृयाहरू
...