Monday 26th October 2026

भारतीय मिडियामा रणबिर र अालियाको प्रेमको चर्चा


तितोपाटी – बलिउडका नया रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ ।

मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु भएको थियो । बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ सुटिङ चलिरहादा यी दुईबीच प्रेम अंकुराएको हो । र, न्यू इयर इभमा रणवीरले आलियालाई प्रेम प्रस्ताव राखेका थिए । जसलाई आलियाले तत्काल स्वीकार गरेकी थिइन् ।

उक्त समाचारलाई पत्याउने हो भने रणवीरले प्रपोज गर्दा दिपिका पादुकोणसाग आफूले खेलेको फिल्म ‘ये जवानी है दिवानी’ को सिन नक्कल गरेका थिए ।

यी दुईको प्रेम अहिले निकै गहिराईमा पुगिसकेको छ । उनीहरु मिडियाबाट बच्ने प्रयास गर्न पनि छोडेका छन् । पछिल्लोपटक सोनम कपुरको बिहेमा उनीहरु जोडी बााधेर आएका थिए र खुलेर फोटोसेसन गरेका थिए ।

कपुर खान्दानले आलियालाई भावि बुहारीको रुपमा स्वीकारिसकेको बताइन्छ । रणवीरकी आमा नीतु कपुरले सामाजिक सञ्जालमा आलियाको पोष्टहरुलाई लाइक, कमेन्ट गर्ने गरेकी छन् । बाबु ऋषि कपुर पनि यो सम्वन्धमा खुशी छन् ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...