Monday 15th December 2025

ट्रम्प र किमले गरे एेतिहासिक सम्झाैतामा हस्ताक्षर


तितोपाटी – ऐतिहासिक भेटवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताए ।

त्यस्तै किमले पनि संयुक्त वक्तव्यलाई ‘ऐतिहासिक’ उल्लेख गरे । उनले सहमतिपत्रको महत्वबारेमा बोल्दै भने, “विश्वले एक महत्वपूर्ण परिवर्तन देख्नेछ” ।

पत्रकारहरुसँग बोल्ने क्रममा ट्रम्पले आफू र ट्रम्पबीच ‘एक अति विशेष खालको सम्बन्ध’ विकास भएको बताए ।

सहमतिमा हस्ताक्षर गरिसकेपछि रिपोर्टरहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले किमलाई ‘आफ्नो देशलाई माया गर्ने’ ‘एक प्रतिभावन व्यक्ति’ को रुपमा पाएको बताए । “अब हामी भविष्यमा धेरै पटक भेट्नेछौं ,” उनले भने ।

हात मिलाईसकेपछि नेताहरु छुट्टिएका थिए । किम उत्तर कोरिया फर्किने अनुमान गरिएको छ ।

हस्ताक्षर भएको दस्ताबेजबारे विस्तृत कुरा छिट्टै बाहिर आउने अनुमान गरिएको छ ।

केही घण्टामै ट्रम्पले एक पत्रकार सम्मेलन गर्नेछन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र अध्यक्ष किम जोङ्ग उनबीच भएको सहमतिका बुँदा

१.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया दुई देशका जनताहरुको शान्ति र सम्बृद्धिको लागि रहेको चाहना अनुरुप नयाँ सम्बन्ध विकास गर्न प्रतिबद्धता जनाउछौं ।

२.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा दीर्घकालिन र स्थीर शान्तिको अवस्था निर्माणको लागि मिलेर काम गर्नेछौं ।

३.२०१८ अप्रिल २७ को प्यानमुन्जोम घोषणापत्रलाई पुनः जोड दिदंै लोकतान्त्रि जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा पूर्ण आणविक निशस्त्रिकरण तर्फ काम गर्ने प्रतिबद्धता जनाउछ ।

४.संयुक्त राज्य र लोकतान्त्रि जनगणतन्त्र कोरिया बाँकी रहेका युद्धबन्दी र सेवामा रहदा हराएकाहरुलाई पुनप्राप्त गर्नको लागि प्रतिबद्ध छौं । यसमा र, पहिले पहिचान भइसकेकाहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गरिनेछ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

प्रतिकृयाहरू
...