Saturday 31st October 2026

सस्तोमा जग्गा नबेच्दा महिलालाई कुटियो


दाङ – चल्तीको भाऊ भन्दा सस्तो मूल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिलालाई निर्घात कुटिएको छ । अर्घाखाँचीको शितगङ्गा नगरपलिका–ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका–१ का रेखा गुप्ता र अनिता गुप्ताले शुक्रबार भालुवाङ बजारमा नाङ्गै बनाएर कुटपिट गरेका हुन् ।

राप्ती गाउँपालिका–१ पूरानो भालुबाङ बजारमा दिलमायाको घडेरी छ । अर्घाखाँचीबाट आफ्नो घडेरी रेखदेख गर्न दाङ आएकी दिलमायालाई घडेरीसँगैका रेखा र अनिताले ५० हजारमा घडेरी दिन दबाब दिँदै आएको दिलमायाले बताइन् । सस्तोमा जग्गा दिन्न भन्दा कपडा खोलेर नाङ्गै बनाएर मरणासन्न हुनेगरी कुटपिट गरिएको उनले बताइन् ।

लाखौं मूल्य बराबरको घडेरी सस्तोमा दिन नमानेपछि उनीहरुले आफूलाई लछारपछार गर्दै सडकमा ल्याएर कपडा च्यातिदिएर कुटपिट गरेको पीडित दिलमायाले बताइन् । पीडितलाई छिमेकी रेखा र अनिताले कुटपिट गरेको भिडियो भालुबाङका एक बालकले मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...