Thursday 22nd January 2026

युएइबाट १ नेपाली युवती उद्दार


तितोपाटी – भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् ।

आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन ।

साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर र आफूलाई ल्याउने दलालको समेत केही जानकारी दिन नसक्ने सुनिताको यात्रा अनुमतिपत्र नेपाली दूतावास अबुधाबीबाट बनेपछि एनआरएन यूएईको संयोजनमा नेपाल फर्किएकी हुन् ।

यात्रा अनुमतिपत्र तयार भएपछि आवश्यक रकम जुटाउन नेपाली दूतावासले एनआरएनलाई जानकारी गराएको थियो ।

दुबईका नेपाली व्यवसायी सरोज बिष्टले सुनिताको हवाई टिकट र अध्यागमन शुल्क बराबर १ हजार २ सय दिराम उपलब्ध गराएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...