Friday 29th March 2024

सलमानको हत्या गर्न खोज्ने पक्राउ


तितोपाटी – बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

सम्पत नेहरा त्इही लरेन्स विश्नोई समुहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढि अभियोग छन् ।

नेहराका आगामी निशाना सलमान खान थिए । यसैका लागि उनले सलमानको घरको रेकी गरेका थिए । सलमानलाई मारेर विदेश भाग्ने उनको तयारी थियो । कालो हरिण प्रकरणकै कारण सलमानको हत्या गर्ने षडयन्त्र रचिएको हो ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...