Monday 12th January 2026

७५ हजारले दिए कोरियन भाषा परीक्षा, नतिजा असार १६ मा


काठमाडौं -सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे ।

कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।

 

यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन्,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा अागामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।

यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...