Monday 5th October 2026

अनमोल बलिउडमा इन्ट्री मार्दै


तितोपाटी – युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि खेल्ने भएका छन्। होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे छायाँकनमा व्यस्त अनमोलले हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् ।

फिल्म ‘क्याप्टेन’ सकेपछि झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड रेकर्ड्स’ लिमिटेड कम्पनिले हिन्दी फिल्म निर्माण गर्दैछ । जसमा अनमोलले खेल्ने भएका हुन् । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे छापेको समाचारको स्क्रिन सट अनमोलले आफ्नो फेसबुकमा सेयर गरेर बलिउड फिल्म खेल्ने पुष्टि गरेका छन् ।

अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने स्रोतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...