Wednesday 24th April 2024

विश्वकप नजिकिंदै गर्दा नेपाली कलाकर्मीको फुटबल मोह


तितोपाटी – विश्वकप नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यो माहोलले बिस्तारै छुन थालेको छ । उनीहरुले आफ्ना मनपर्ने खेलाडी र टिमको समर्थनमा जर्सी लगाएर फोटो खिचाउदै सामाजिक संजाल रंगाउने क्रम बढ्न थालेको छ ।


यही मसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले पनि आफुलाई अर्जेन्टिनाको समर्थनमा उक्त टिमको जर्सीमा बिभिन्न फोटो सुट गराएकी छन् । बच्चैदेखि खेलप्रेमी भएपनि खेलाडी बन्न नसकेको बताउने उनले नबिन के श्रेष्ठसँग जर्सीमा बिषेश फोटोसुट गरेकी हुन् । गायन र अभिनयसँगै खेलप्रेमी पनि हँु भनेर चिनाउने अभिप्रायले आफुले फोटो सुट गरेको उनले बताइन् ।

पछिल्लो समय गायिका लक्ष्मी आचार्य ‘मस्त जवानी..’ र ‘भिटामिन..’ गीतका कारणले चर्चामा छिन् । दर्शकश्रोताको जनजिब्रोमा झुन्डिन सफल यी गीतले उनलाई स्वदेशी तथा बिदेशी कार्यक्रममा समेत पुर्याएको छ ।

गायनको अलवा मोडलिङमा समेत क्रियाशील उनी आफ्ना प्रायः गीतको भिडियोमा आफै मोडलिङ गर्ने गर्दछिन् ।

मोतीनगर टिकापुर कैलालीकी आचार्यले बिगत ७ बर्षदेखि गायन र मोडलिङ एकसाथ अगाडी बढाउँदै आएकी हुन् । दोहोरी गायनबाट कलाक्षेत्र रोजेकी उनका ‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरिका’, ‘यो मोरीको घैंटोमा कहिले घाम लाग्ने हो’ लगायतका दोहोरी गीत पनि चर्चामा छन् । सानैदेखि गीत गाउने आचार्य यसबर्षको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी गर्छिन् ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...