Monday 13th April 2026

ट्युनिसियामा डुंगा डुब्दा ४८ जनाको मृत्यु


तितोपाटी – ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ ।

ती आप्रवासीको डुङ्गा आइतबार नै मध्यान्ह्मा डुबेको हो । आइतबारसम्म ३५ जनाको शव भेटिएकोमा त्यो संख्या बढेर सोमबार ४८ पुगेको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्यांकमा मृतकको संख्या आइतबार ३५ मात्र थियो । उक्त मन्त्रालयले त्यहाँ रहेका ६७ जनालाई भने समुद्रबाट सकुशल उद्धार गरेको बताएको थियो ।

आइतबार मध्यान्ह १२ बजे डुबेको सो डुङ्गमा रहेकामध्ये तटबाट ३५ जनाको शव आइतबारै राति निकालिएको र ६८ जनालाई सकुशल उद्धार गरिएको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताए ।

गृह मन्त्रालयका अनुसार ट्यूनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक तटनजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार थालेको थियो ।

समयमै यसरी खबर भएकोले ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यहाँ उद्धारको काम जारी नै रहेको र डुङ्गामा कतिजना यात्रु थिए भन्ने यकिन तथ्यांक नपाइएकोले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने गृह मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...