Sunday 22nd March 2026

याैन सम्बन्धलार्इ कसरी यादगार बनाउने ?


तितोपाटी – यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् ।

हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा गर्नसक्ने खालको छैन । त्यसैले गर्दा पनि हामी समाजमा यौनसम्बन्धी कुरा गर्न डराउँछौं ।

त्यसैले यौनजीवनका बारेमा हामीमध्ये कति भ्रममारहेका पनि हुन्छौं । यौन सम्बन्धलाई लिएर हामीमा केही कौतुहल हुनु पनि नकारात्मक कुरा होइन । विवाहको उमेर पुगेकाहरु र विवाहको तयारीमा रहेकाहरुलाई विवाहको पहिलो रात आफू पूरै सफल हुन सकिन्छ कि सकिँदैन, आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिन्छ कि सकिन्न भनेर चिन्ता हुने गर्छ ।

विवाहको रातको विषयलाई लिएर कतिपय मानिसहरु नर्भस पनि हुने गर्छन् । विवाहको रात कस्तो महसुस हुन्छ के यो सुखद् अनुभव हुन्छ भन्ने खालका प्रश्नहरुले दिमागमा डेरा जमाउन पनि सक्छ ।

कतिपय अवस्थामा त यस्तो पनि हुन्छ कि सेक्स दुःखद् र पीडादायक हुन्छ भन्ने भ्रम पालेर बसेका जोडी पनि हुन्छन् र उनीहरुलाई सेक्स कसरी सुरु गर्ने भन्नेबारे पनि थाहा हुँदैन ।

कतै तपाईंलाई पनि यस्तै समस्याले सताएको त छैन ? छ भने पनि चिन्तित नहुनुहोस् । यहाँ हामीले केही टिप्स तपाईंलाई दिँदैछौँ– कसरी आफ्नो विवाहको पहिलो रातलाई आनन्ददायक, सुखी र यादगार बनाउने ।

१. तपाईं आफ्नो विवाहको पहिलो रात यादगार र आरामदायक बनाउन चाहनुहुन्छ भने सुरुवात पनि बिस्तार बिस्तारै गर्नुहोस् । आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । रमाइला कुराकानीबाट सुरुवात गर्नुहोस् र केही समय एकअर्काको साथमा रमाउनुहोस् । फेरि बिस्तारै आलिंगन हुँदै चुम्बन र अधरपानतर्फ अगाडि बढ्नुहोस् ।

२. तपाईं आफूलाई पनि आनन्ददायक वातावरण बनाउनुहोस् र पार्टनरको पनि इच्छा बुझेर अगाडि बढ्नुहोस् । दुवैलाई भरपूर आनन्द हुने किसिमले सुरुवात गर्नुहोस् ।

३. सेक्स प्राकृतिक कुरा भएकाले यसलाई पूर्णरुपमा आनन्ददायक बनाउने कोसिस गर्नुहोस्, जसका लागि आफ्नो पति वा पत्नीसँग सल्लाह लिन पनि नहिच्किचाउनुहोस् ।

४. हाम्रो समाजमा अझै पनि यौनको मामिलामा पहिलो सेक्समा महिलाको योनीबाट रगत आउनुपर्छ र युवतीलाई पीडा हुनुपर्छ भन्ने मान्यता छ तर यो सत्य होइन, यो नै महिलाको कुमारीपनको प्रमाण होइन भन्ने बुझ्नुहोस् ।

५. कहिलेकाहीं महिला बढी आत्तिएको वा चिन्तामा डुबेको अवस्था छ अथवा महिलालाई पीडाको अनुभूति भएको अवस्था छ भने लामो श्वास लिन र छोड्न लगाउनुहोस्, यसले महिलालाई केही आराम प्रदान गर्न सक्छ ।

६. तपाईं पहिलो पटक यौन सम्पर्क राख्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस्, यौन सम्बन्धमा प्रेमको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले प्रेमपूर्वक अगाडि बढ्नुहोस् ।

७. सेक्स गर्दाको समयमा आफ्नो पार्टनरसँग तालमेल मिल्नु एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले तपाईंको मनमा रहेका डर तथा भ्रमहरु वा जरुरी कुरा जुन तपाईंलाई गर्न मन छ, लाई सेक्सभन्दा अगाडि नै आफ्नो पार्टनरसँग सेयर गर्नुहोस् ।

८. सेक्समा विश्रामले पनि महत्वपूर्ण अर्थ राख्छ । त्यसैले पनि आफ्नो पार्टनरलाई आफूप्रति पूर्णरुपमा हाबी हुन नदिनुहोस् नत आफू नै आफ्नो पार्टनरप्रति पूर्णरुपले हावी नै हुनुहोस् ।

९. एकअर्काको साथको भरपूर आनन्द लिनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ र तपाईंहरु एकअर्काको ख्याल राख्नुहुन्छ भने सेक्सको भरपूर मजा लिनसक्नु हुन्छ ।

१०. पूर्ण आत्मविश्वासका साथ बिस्तारै–बिस्तारै आफ्नो यौनकार्यलाई गति प्रदान गर्दै जानुहोस् । जसले गर्दा तपाईं आफ्नो सम्बन्धलाई अझ यादगार र आनन्ददायक गराउन सक्नुहुन्छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...