Saturday 3rd October 2026

धनगढीमा गोली चलार्इ साढे ९ लाख लुटेर फरार २ जना १ हप्तापछि काठमाण्डुमा पक्राउ


तितोपाटी – एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार राना घटनाका मुख्य योजनाकार हुन् । ‘घटनामा उनैले आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेका थिए’, सिंहले भने, ‘उनीहरु ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’

यसअघि १३ जेठमा सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत आईएमईमा जाँदै गर्दा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको थियो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएकाहरूले गाेली प्रहार गरेर रकम लुटेका थिए ।

स्रोतका अनुसार कल्लुले गोलीले प्रहार गरेर लुटेको स्वीकार गरिसकेका छन् ।

उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...