Saturday 21st March 2026

लमजुङ सेवा समाज कुवेतद्वारा मृगौला पिडित खिम कुमारी गुरुङ लाई आर्थिक सहयोग


तितोपाटी डट कम – सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लमजुङ सेवा समाज कुवेतद्वारा मृगौला पिडित खिम कुमारी गुरुङ लाई (नेपाली रु ५० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत लमजुङगे दाजु भाई तथा दिदी बहिनी हरु ले आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था लामाजुङ समाज कुवेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।

बिगत करिब 2 महिना देखी पुरानो गाउँ लमजुङ क्होला सोथार गाउँपालिका वडा न 7 हाल गौडामुख बस्दै आएका मृगौला पिडित खिम कुमारी गुरुङ अस्पताल मा उपचार गराइरहेको र आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरेको हुनाले लमजुङ सेवा कुवेतद्वारा केही उपचार मद्दत पुगोस भन्ने हेतुले लमजुङ सेवा समाज कुवेतद्वारा समाज को अध्यक्ष कमल बादुर थापा ले पिडित खिम कुमारी गुरुङ लाई भेटी लमजुङ सेवा समाजका सकृय सदस्यहरुबाट संकलित रकम र अन्य गैर लमजुङ्गे हरुबाट संकलन भएको रकम एकमुष्ट (नेपाली रु ५० हजार रुपैयाँ) सहयोग रकम हस्तान्तरण गरेका थिए । भने सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष कमल बादुर थापा ले धन्यवाद ज्ञापन गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...