Friday 30th October 2026

सबैको मुखमा झुण्डिएको गित “मन बिनाको धन ठुलो कि धन बिनाको मन?”


तितोपाटी – “मन बिनाको धन ठुलो कि धन बिनाको मन” बोलको गीत गाएर सबैको मन मुटुमा बस्न सफल बाल गायक अशोक दर्जीको पहिलो म्युजिक भिडियो यतिखेर युटुबमार्फत विश्व भरका नेपालीहरूका मुख मुखमा झुण्डिएको छ ।

अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रेकर्ड गरिएको उक्त गीतका लागि टंक बुढाथोकीले निकै मेहनत गरेको देखिन्छ । सबैको मन रूवाउन सफल उक्त गीत टंक बुढाथोकीको अाफ्नै स्टुडियो(स्टुडियो ९) मा रेकर्ड गरिएको हो ।

वि राज नेपालको शब्द रचना तथा टंक बुढाथोकीको संगीत संयोजन रहेको उक्त गीतको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन स्वयं टंक बुढाथोकीको हो भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...