Saturday 31st October 2026

रुकुममा सम्भोग गर्दागर्दै महिलाको मृत्यु, एक युवक पक्राउ


तितोपाटी – रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।

मृतकसँग जोडिएका मुसीकोट नगरपालिका वडा नं. १ का १९ बर्षीय अमर बहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले मृतकसँग अमरको सम्बन्ध रहेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान गरिरहेको बताए।

‘यौन सम्पर्क गर्ने मनसायले अभियुक्तले महिलालाई आफ्नो कोठामा लिएर गएका थिए’ अमरको बयानपछि डीएसपी खड्काले भने, ‘यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको भन्ने प्रारम्भिक बयान आएको छ।।’ महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेको देखिएको र थप विवरण अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनको भनाई छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...