Thursday 22nd January 2026

जापानले ५ लाख विदेशी कामदार भित्र्याउने, जापानी भाषा जानेका नेपालीले अवसर पाउन सक्ने


तितोपाटी – जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ।

सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो।

अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ।

जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन्।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन्।

विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन्।

एक तथ्यांकअनुसार अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन्।

तीमध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत छन्।

सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको भने यो पहिलो पटक हो।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...