Wednesday 4th December 2024

प्रवाशका ‘गोरे’हरू (कविता)


कबिता
प्रवाशका ‘गोरे’ हरु
तोयनाथ उपेक्षित

प्रवाशका कयौ गोरेहरु
कोही जेलमा, कोही नेलमा
तर छैन चेतना कतै
सयौ छन अझै, ब्यभिचारी भेलमा
निहत्था जीवनसँग
हालिमुहाली छ तिनको
आदर्श, नैतिकता र मानवताको
कत्ति पनि छैन हेक्का तिनलाई
निरिह माथिको खेलमा
बरु
सम्मान गरिन्छ तिनैलाई
शुक्रबारे भेलामा
वाहा वहाँ
प्रवाशका गोरे साहेबहरु !

गोरे
जसको रुप एक, बिरुप अनेक
कसिलो र सुकिलो
भद्र र सभ्य बनेर
सहयोगको नामको बज्र र करुणाको काल मन्त्राणा गर्दै
ॐ शान्ति ! ॐ शान्ति !!
गलामा रुद्राक्ष लाएर
मन्चमा छाउछन
रुप एक, बिरुप अनेक
प्रवाशका गोरेहरु ।

मुसाहरुको सेवामा
बिचरा मुसाहरुको भेलामा
कृतिम करुणाका दक्षिणा छर्दै
उद्धारका घण्ट बजाउदै
ममताको शंख फुक्दै
सबैलाई मुर्ख बनाउन पोख्त छन
प्रवाशका गोरे बिरालाहरु ।

डुङडुङ गनाए पनि
अत्तर छरेर
तिनका भतेरहरुमा हिङ हालेर
सबैलाई चखाकै छन
रुप एक, करामत अनेक
धेरैलाई छक्याएकै छन
बाठा छन प्रवाशका गोरेहरू ।


सम्बन्धित शीर्षकहरु

गुएनामा फुटबल खेलका क्रममा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । रेफ्रीको विवादास्पद निर्णयपछि उत्पन्न विवादबीच भएको हिंसात्मक झडपमा…

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडाैंको कीर्तिपुर नगरपालिकाका…

केही पुस्ताको लागि, क्यान्सरले मेरो परिवारमा आफ्नो कालो छाया छायो: मेरी आमा र काकी दुवैले यसको विरुद्धमा केही लडाइँहरू जितेका…

प्रतिकृयाहरू
...